काठमाडौं र ललितपुरमा आज ५ देखि ९ घन्टासम्म विद्युत सेवा अवरूद्ध हुने

काठमाडौं र ललितपुरमा आज पाँचदेखि नौ घन्टासम्म विद्युत सेवा अवरूद्ध हुने भएको छ। मर्मत तथा कन्डक्टर अपग्रेडका लागि प्रयास गरिएको छ। विस्तृत जानकारी यहाँ

 काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज पाँचदेखि नौ घन्टासम्म विद्युत सेवा अवरूद्ध हुने भएको छ । विद्युत प्राधिकरणले काठमाडौंको बलम्बु सहायक वितरण केन्द्रको मातातिर्थ फिडर र ललितपुरमा पुल्चोक वितरण केन्द्रको पाटन पुच्लोक फिडर अन्तर्गतका वितरण गरिएका स्थानहरूमा आज बिजुली काटिने जानकारी दिएको छ ।

मर्मत तथा कन्डक्टर अपग्रेडका गर्न लागिएकाले ती फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत अवरूद्ध हुनेछ । मातातिर्थ फिडर अन्तर्गत पर्ने दाउरा डिपो, महादेवस्थान, चेकपोष्ट, आयल निगम, गोदाम, थानकोट, त्रिभुवन पार्क, खरिबोट, नागढुंगा, पिपलामोड, बसुन्डोल, इन्द्रथान, टोटीटोल, सिरानचौर, महेश फाट, कुखुरेचौर र झाँगाझिँटीमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत लाइन अवरूद्ध हुनेछ ।

प्राधिकरणका अनुसार ललितपुरको पाटनपुल्चोक फिडर अन्तर्गत पर्ने भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुनडोल, मन्त्री क्वाटर, झम्सिखेल, अरूण थापा चोक क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *