सरकारको अनुरोधमा संसद्को संयुक्त सदनको बैठक दुई घण्टा पछि सारियो, बजेट दिउँसो ३ बजे सार्वजनिक हुने

सरकारको अनुरोधमा आज दिउँसो १ बजेका लागि बोलाइएको संसद्को संयुक्त सदनको बैठक दुई घण्टा पछि सारिएको छ, जसअनुसार अब बैठक दिउँसो ३ बजे बस्नेछ। आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गरिने कार्यसूचि रहेको छ।

अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन्। बजेट प्रस्तुत गरिसकेपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकहरू बस्नेछन्। यी बैठकहरूमा सरकारले प्रस्तुत गरेको बजेटलाई सभासमक्ष पेस गरिनेछ।

सरकारले प्रस्तुत गरेको बजेटमा के-कस्ता योजना र कार्यक्रमहरू समावेश गरिएका छन् भन्ने विषयमा सांसदहरूले छलफल गर्नेछन्। बजेट सार्वजनिक भएपछि आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारको प्राथमिकता र लक्ष्यबारे विस्तृत जानकारी प्राप्त हुनेछ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *