गृहमन्त्री लामिछानेविरुद्ध नेविसंघको प्रदर्शन, संसदीय छानबिनको माग

काठमाडौँ — नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गृहमन्त्री तथा उपप्रधानमन्त्री रबी लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको छ। आइतबार केन्द्रीय कमिटीको आयोजनामा विभिन्न क्याम्पस र इकाईहरूबाट आएका विद्यार्थीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग गर्दै गिरीबन्धु टी–स्टेटमा भएको नीतिगत भ्रष्टाचारविरुद्ध पनि विरोध जनाएका थिए।

‘गृहमन्त्रीज्यू, प्रमाणित भए राजनीति छोड्ने रे! अनि प्रमाणित हुन छानबिन गर्नु परेन?’ जस्ता नारासहित उनीहरूले विरोध प्रदर्शन गरेका थिए।

नेविसंघका नेताहरूले गृहमन्त्री लामिछानेमाथि लागेको आरोपको निष्पक्ष छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने बताएका छन्। उनीहरूले न्यायको माग गर्दै विरोध जारी राख्ने चेतावनी पनि दिएका छन्।

हेर्नुहोस् तस्बिरहरू :

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *