झापामा ३७२ लागुऔषध कारोबारी पक्राउ, चुनौती कायम

जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा ३७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवनकर्ता, बिक्रेता र ओसारपसारमा संलग्नलाई पक्राउ गरेको हो ।

झापा जिल्ला प्रहरी कार्यालयले पछिल्लो दश महिनामा ३७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेमा २५ महिला समेत छन्। स्वदेशी ३२५ पुरुष र २५ महिला तथा १८ विदेशी पुरुष र ४ विदेशी महिला पक्राउ परेका छन्।

भारतको पश्चिम बंगाल र विहारसँगको खुला सीमा (झण्डै १४४ किलोमिटर) का कारण लागुऔषध नियन्त्रणमा चुनौती थपिएको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। लागुऔषध नियन्त्रणका लागि “आमाहरू” नामक कार्यक्रम जिल्लाका १५ वटै पालिकामा सञ्चालनमा रहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *