नेपाल प्रशासन सेवा प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन र सरुवा गृह मन्त्रालयबाट गरिएको छ। उपप्रधान र गृहमन्त्री रवि लामिछानेको मन्त्रीस्तरिय निर्णयमा दुई जिल्लामा प्रमुख जिल्ला अधिकारीको नियुक्ति गरिएको हो। यसमा केदारनाथ शर्मा र नेत्र प्रसाद सुवेदीलाई प्रमुख जिल्ला अधिकारीको पदमा पदस्थापन गरिएको हो।
यसै गरी बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएकाे छ ।


