संवैधानिक आयोगहरूमा सचिवस्तरका कर्मचारी पठाउन सक्ने अवस्था छैन : मन्त्री जोशी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संवैधानिक आयोगहरूमा सचिव स्तरका कर्मचारी पठाउन सक्ने अवस्था नभएको बताएका छन् ।  बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा विभिन्न आयोगका पदाधिकारीहरूसँग भएको छलफलमा उनले यस्तो बताएका हुन्  । 

मन्त्री जोशीले संवैधानिक आयोगहरूमा कर्मचारी अभावको कारण सह–सचिवहरूलाई सचिवको जिम्मेवारी दिने गरेको बताए । उनले आयोगहरूमा सह–सचिव जिम्मेवारी दिँदा समेत सामान्य खर्च बाहेकको बजेट र कार्यक्रम नहुने भएकाले आयोगहरूमा जान इच्छा नदेखाउने गरेको बताए । उनले सह–सचिवहरूलाई समेत काम दिन नसक्ने आयोगहरूमा सरकारले सचिवलाई पठाएर टिकाउन नसक्ने उल्लेख गरे । उनले आयोगहरूमा प्रदेशका मन्त्रालयहरूमा हुने जति पनि बजेट नहुने भएकाले सह–सचिव स्तरका कर्मचारीहरू प्रदेश सरकारका मन्त्रालयमा जान चाहने तर आयोगमा जान नचाहेको देखिएको बताए । 

मन्त्री जोशीले सरकारले संवैधानिक आयोगहरूमा छुट्टै विशेष ढङ्गले सोच्न आवश्यक रहेको बताए । उनले सरकारले विशेष ढङ्गले सोचेर सामान्य भूमिका बारेमा गम्भीर हुन जरुरी रहेको बताए ।

मन्त्री जोशीले निजामती कर्मचारी ऐन संसदबाट कानुन बनेर आएसँगै आयोगहरूमा अभाव रहेका कर्मचारीहरू व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *