आज बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली हुने

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।  कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

बुधबार दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली तथा तराई भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *