मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार विश्वासको मत लिने

काठमाडौं : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार विश्वासको मत लिने भएका छन्।
आइतबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले कोसी सरकारको विवाद सर्वोच्च अदालतमा विचारधीन रहेको कारण देखाउँदै मुख्यमन्त्रीलाई तत्काल विश्वासको मत नलिन आग्रह गरेको थियो।
तर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले कांग्रेसको प्रस्ताव अस्वीकार गर्दै सोमबार मुख्यमन्त्रीले विश्वास मतको प्रस्ताव पेस गर्ने कार्यसूची राख्नुपर्ने अडान लिएका छन्।
दलहरूबीच कुरा नमिल्दा कार्यसूची तय गर्न बसेको बैठक विनानिष्कर्ष सकिएको छ। तर सत्ता पक्षले सोमबार नै मुख्यमन्त्रीले विश्वास मतको प्रस्ताव राख्ने तयारी गरेको देखिएको नेपाली कांग्रेस केसीका प्रमुख सचेतक गोपाल तामाङले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *