दिवा खाजामा अनियमितताको गुनासो पछि काठमाडौं महानगरले सुरू गर्दै विद्यार्थीको ई-हाजिरी

काठमाडौं : काठमाडौ‌ महानगरपालिकाले दिवा खाजा रकममा अनियमितता भएको गुनासो आएको भन्दै विद्यार्थीको विद्युतीय हाजिरी प्रणाली (ई-हाजिरी) सुरू गर्ने भएको छ।

महानगरले दिँदै आएको दिवा खाजा रकममा अनियमितता भएको भनी गुनासो आएपछि महानगरले ई-हाजिरी सुरू गर्ने तयारी गरिरहेको महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए। यो फेस रिड गर्ने ई-हाजिरी हो ।

उनका अनुसार विद्यालयमा विद्यार्थी संख्या धेरै देखाएर पछि नआउँदा पनि हाजिरीमा आएको भन्दै निरन्तरता दिई दिवा खाजा रकम दुरूपयोग गरेको महानगरमा गुनासोहरू आएका थिए। सोही गुनासोहरूलाई सम्बोधन गर्न ई-हाजिरी सञ्चालनमा ल्याउन लागेको उनले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *