काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज (बिहीबार) सुनुवाइ हुँदैछ । सर्वोच्चमा परेको उक्त रिटको सुनुवाइ आज न्यायाधीश मनोज शर्माको इजलासमा हुने भएको छ ।
कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको विषयलाई लिएर मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चका अनुसार उक्त मुद्दा शर्माको इजलासमा दुई नम्बरमा राखेर पेशी तोकिएको हो ।


