झापाको दमक नगरपालिकाको एम्बुलेन्स चालक लीला बास्ताकोटी नेपालकै एक मात्र महिला सरकारी एम्बुलेन्स चालक हुनुहुन्छ।
सरकारी सवारी चालक एशोसिएशन नेपाल झापाकी कोषाध्यक्ष समेत रहनुभएकी बास्ताकोटी २८ वर्षदेखि सवारी चालकको रुपमा काम गर्दै आउनु भएको छ । उहाँले सार्वजनिक यातायात, निजी संस्था र अहिले ६ वर्षदेखि एम्बुलेन्स चलाइरहेको जानकारी दिनुभयो।
सवारी चालक एशोसिएशन नेपाल झापाकी कोषाध्यक्ष लीला नेपालकै एक मात्र महिला सरकारी एम्बुलेन्स चालक हुन


