उपनिर्वाचन : इलाममा सुहाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा उपनिर्वाचनमा जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार २१९ मत प्राप्त गरेका छन् । जारी गणनामा उनी ५ हजार ६६२ मतसहित अग्रस्थानमा छन् ।

दोस्रो स्थानमा रहेका कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ५५७ भोमत प्राप्त गरेका छन् ।

यस्तै पहिचानवादी उम्मेदवार डकिन्द्र थेगेम ८ हजार ८२५ मत ल्याएर तेस्रो स्थानमा छन् भने रास्वपाका मिलन लिम्बू २ हजार ६४५ भोटका साथ चौथोमा छन् ।

त्यस्तै, नेकपा एसका जीतबहादुर राईले ३२२ भोट प्राप्त गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *