रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु

काठमाडौ : रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएको छ। सरकारले रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको पुष्टि गरेको छ।

मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ।

अहिलेसम्म रुसी सेनामा गएका १९ जनाको मृत्यु भइसकेको जनाइएको छ। सयौँ परिवारले रुसी सेनामा गएका आफ्ना सदस्यको उद्धारका लागि मन्त्रालयमा निवेदन दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *