उदयपुर गाडी दुर्घटना : मृतक संख्या ८ पुग्यो, ९ जना घाइते

काठमाडौं । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीमा आज बिहान भएको बोलेरो गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

दुर्घटनामा ९ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भोजपुरको घोडेटारबाट धरान जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो बिहान ११ बजे मैनामैनीमा सडकबाट अन्दाजी चार सय तल खसेको थियो ।

त्यसक्रममा ७ जनाको घटनास्थलमै तथा एकजनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हतुवागढी गाउँपालिका-२ चालक मान बहादुर बस्नेत, चन्द्रप्रकाश राई, पर्वतमाया राई, ६ महिनाका दिशान राई, हतुवागढी-५ की रामकुमारी राई (ममता), बराहक्षेत्र- ३ का पदमबहादुर थापा र इटहरीकी कमला अधिकारीको घटनास्थलमै र हतुवागढी-५का किसन राईको उपचारका क्रममा बीपी स्वास्थ्य प्रतिष्ठानमा मृत्यु भएको हो ।

मृतकहरुमध्ये चालक हतुवागढी गाउँपालिका–२ का ४० वर्षीय मानबहादुर बस्नेत र हतुवागढी गाउँपालिका–५ का ४२ वर्षीय किसान हुन ।

दुर्घटनामा परी ६ जना पुरुष र ३ जना महिला गरी ९ जना घाइते भएको उल्लेख गर्दै उनीहरुको प्रतिष्ठानमा उपष्चार भइरहेको प्रहरीले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *