माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै


काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्दैछ । आजको बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयन सहितका विषयमा छलफल गरी निर्णय गर्ने नेताहरुले बताएका छन् ।

बैठक दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । शनिबारको बैठकमा प्रधानमन्त्री दाहालले सरकार र संसद् सञ्चालनका विषयमा सांसदहरुलाई बिफ्रिङ गरेका थिए । आजको बैठकले प्रधानमन्त्रीको विश्वासको मत लिनेसहित अन्य प्रस्तावहरुमाथि समेत टुंगो लगाउने नेताहरुले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *