टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलामा नेपालसँगको खेलमा नामिबिया ब्याटिङमा

काठमाण्डौ : टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा अहिले नेपाल र नामिबिया खेलिरहेका छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर नामिबियाले ब्याटिङ रोजेको छ । उसले ताजा अवस्थामा १० ‍‌ओभर चार बलमा ३ विकेट गुमाएर ६२ रन बनाएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी–२० शृङ्खला खेल्न लागेका हुन् । नेपालले आउने जुनमा हुने टी–२० विश्वकपको तयारीको शुरुवातको रुपमा यो शृङ्खलालाई लिएको छ ।

नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् । नेपालले विश्वकप लिग–२ खेलेको टोलीमा केही परिवर्तन गर्दै यो शृंखलाका लागि १८ सदस्यीय टोली घोषणा गरेको थियो ।

एकदिवसीय टोलीका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ टि–२० आई टोलीमा छैनन् । नेपालको टोलीमा रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा रहेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *