रोटीबाट केक बनाउने सजिलो तरिका

काठमाडौं । हामी सबैको घरमा रोटी पाक्ने गर्छ । रोटी पाक्ने मात्र होइन धेरैको घरमा बाँकी पनि रहने गर्छ । यसरी बाँकी भएको रोटी खान भने त्यति मन लाग्दैन । तर बाँकी भएको रोटीबाट हामीले स्वादिलो केक पनि बनाउन सक्छौँ । बचेको रोटीबाट केक बनाउन खर्च पनि नलाग्ने र बनाउन पनि निकै सजिलो हुन्छ । आज हामी बाँकी रहेको रोटीबाट केक बनाउने तरिका बारे जानकारी गराउनेछौँ ।

केक बनाउन आवश्यक चिजहरु

यसरी केक बनाउनका लागि सबैभन्दा पहिला बाँकी बचेको रोटी आवश्यक पर्दछ । त्यसपछि ४–५ वटा तावा, दुध, बिस्कुट, बेकिङ पाउडर, बेकिंग सोडा, चिनी, कुकर वा ओभन, ध्यू, बेकिंग पेपर, केक बनाउने भाँडा

बनाउने विधि

जबसम्म रोटी कडा हुँदैन तबसम्म रोटीलाई तावामा कपडाले थिचिथिचि तताउने । कडा भएको रोटीलाई ग्राइडरमा धुँलो हुनेगरि पिस्ने त्यसपछि बिस्कुटलाई पनि त्यसैगरि पिस्ने दुवैको धुँलो तयार गर्ने । दुवैको धुँलो मिसाएर दुध हाल्ने र त्यसलाई पातलो ब्याटर बनाउने । यसपछि ब्याटर अनुसारको चिनी हाल्ने र त्यसमा एक चम्चा बेकिंग पाउडर र बेकिंग सोडा पनि हालेर राम्रोसँग मिसाउने । केक बनाउने भाँडामा घ्यू लगाएर त्यसको माथि बेकिंङ पेपर लगाउने । सबै ब्याटरलाई त्यसमाथि हाल्ने र कुकरलाई आगोमा बसालेर कुकुरको बिर्कोलाई बिना रबर लगाइदिने । यसलाई केहि समय तात्न दिने राम्रोसँग तातिसकेपछि ब्याटरको भाँडालाई कुकुरभित्र हालिदिने र छोपिदिने ।

२०–३० मिनेट सम्म यसरी राखेपछि केक तयार हुन्छ । यसरी बचेको रोटीबाट हामीले घरमा नै केक बनाएर खान सक्छौँ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *