एकै नगरपालिकाका पाँचको मृत्यु

भूकम्पपीडितका लागि अस्थायी आवास बनाउन जस्तापाता बोकेको रा.१त१४ नम्बरकों ट्याक्टर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका- १० तिरिकोटमा दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ। नौजना घाइते भएका छन्। राडीस्थित आठबिसकोट नगरपालिकाको कार्यालयबाट जस्तापाता बोकेर घर्तीगाउँ जाँदे गरेको आठबिसकोट नगरपालिकाको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा आठबिसकोट- १० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, लोकबहादुरकी पत्नी ४२ वर्षीया चुकी शाही, सोही ठाउँका ५२ वर्षीया भर्दर साकी, आठबिसकोट- ८ सारकीवाडाका ४८ वर्षीय धनराम सार्की र सोही ठाउँकी ४७ वर्षीया निर्मला सार्की रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर धर्मेन्द्र खड्काले बताए ।

दुर्घटनामा आठबिसकोटका खडकबहादुर पुन, रमेश साकी, दलबहादुर पुन, कुमार घ्ती, रमा गुरुड, जगवीर साकी, जयराम घती, मने साकी र मदन पुन घाइते भएका छन्। उनीहरूमध्ये केहीको आठबिसकोट नगर असपतालमा उपचा भइरहेको छ भने केहीलाई रुकुम पश्चिमकै चौरजहारी अस्पताल रेफर गरिएको छ। ट्याक्टरचालक आठबिसकोट- ९ जाल्देनका २१ वर्षीय गोपाल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ नगरपालिकाको उक्त ट्याक्टरमा २९ परिवार भूकम्पपीडितका लागि सात सय ४० वटा जस्तापाता लिएर गइरहेको थियो। ट्याक्टरमा अन्य खाद्यान्न सामाग्री समेत थियोे ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *