चोखो मायाले घुडा टेक्यो , एक वास्तबिक प्रेम कथा

चोखो मायाले घुडा टेक्यो , एक वास्तबिक प्रेम कथा माया भन्दा धन ठुलो

मेरो नाम दिपेस घिमिरे हो । घर सर्लाही जिल्ला वाग्मती नगरपालिका वडा न.६ ,राजघाट । हाल काठमाडौं स्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा बि.ए.तेश्रो बर्षमा अध्यनरत गर्दै छु। खै कसरी सम्बोधन गरम तिमिलाइ ,आज आफ्नो भन्ने अधिकार पनि  छैन  र  भबिस्यमा पराइ भएको पनि हेर्न सक्दिन । सानी  , लेखनको सुरुवात बढो मुसकिल साथ गर्दै छु । थाहा छैन मनका सबै भावनाहरु शब्दमा समेटिन्छ्न कि समिटिदैनन । तर पनि मनका भावनाहरु शब्दमा उतार्ने भरपुर प्रयासमा आफ्नो लेखनलाइ अगाडि बडाउदै छु।

हेर न सानु , शब्द बिना सारा लेख नै खल्लो लागेको छ , त्यसैले  तिम्रो अनुमानि बिना नै सानु  शब्दले तिमिलाइ सम्बोधन गर्दै छु। यस्को लागि म हिर्दय देखि नै क्षमा चाहान्छु ।अ ! साचै सामाजिक संजालमा बोल्न छाडेको पनि धेरै दिन भएको रहेछ है । हिजो नि सानु , हाम्रो पुराना कुराकानीहरु हेर्दै थिए तर के भयो एक्कासी अह ! त्यो पहिलो कुराकानी सम पुग्न सकिन । मनमा त एकपटक यस्तो सोच पनि आयो कि बरु  सगरमाथाको चुच्चोमा पुग्न सकिएला तर हामी बिच सुरु भएको पहिलो कुराकानी सम पुग्न सकिन । त्यसैले तिम्रा ती पुराना फोटो  हेरेर एकछिन टोलाए छु ।

रातिको समय करिब १२ बजे हुदो हो ,कोठामा बत्ति खुल्लै थियो ,हल्का मधुर स्वोरमा नेपालि गित बजिरहेको थियो। बाहिरबाट कसैको सुमधुर आवाजले झसङ्ग झस्किए ,य दिपेस के गर्दैछस ह , यति राति सम !! बत्ति निभाएर सुत । घडी हेरेको त रातको १२ बजेको रहिछ । अनि नि सानू , कसम आजकाल तिमिलाइ बुझ्नै सकेको छैन। मैले बुझ्न नसकेको होकि तिमी नि बद्लिएको हौ थाहा नि पाएको छुइन। मनले  तिमिलाइ मागिरहन्छ तर दिमागले नबोला भन्छ। अर्को मनले फेरि भन्छ  ,उसको जिन्दगी हो ,उनी खुशी नै देखिन्छिन किन दु:ख पिडा दिन नजिक जान्छस भन्छ । हुन त सानू तिम्रो खुशी नै मेरो खुशी हो  तर पनि अपरझठ कलेजमा र कलेज बाहिर  कुनै केटाहरूसङ देख्दा मन मान्दैन । सङै बसम ,धेरै मनका कुरा भनौ भनौ जस्तो लाग्छ । यो पागल मन कति फटाह छ भनी नि सानु ,तलाइ ऊ चाहिएको कि उस्को खुशी चाहिएको भन्छ ?? आखिर म के गरम ?? थाहा छ तिमी मेरि हुन्नौ तर पनि तिमी अरुसङ बोल्दा , हिड्दा  मन दुख्छ र रुन्छ । आखिर जो चोखो माया गरेको थिए नि तिमिलाइ । हुन सक्छ तिमिलाइ चित्त नबुझ्ने केहि कमिकमजोरी  म र मेरो मायामा तर नि महिले बारम्बार भन्ने गर्छु नि सानू , चित्त नबुझेको कुरा भन्नू भनेर। यो गर्नु ,त्यो नगर्नु भनेर सम्झाउनु पर्छ नि।गलत हुदा गलत हो भन्ने र सहि हुदा  सुख दुःखमा साथ दिने सहयात्रीको खाचो छ सानू।

इतिहास साची छ नि  ,यति ठुलो सुर्यको प्रकाशले तातिने यो धर्तीमा कहिले घाम , कहिले छाया हुन्छ भने  बर्तमान जिवनमा जे जस्तो पाएको छौ त्यसलाइ  कदर गर्ने गर न सानु । कतै ढिला नहोस् । तेस्तै यदि कोहि  कसैले साचो माया गर्न खोज्छ भने तेस्तो मायाको कदर गर्नु,साचो माया फेरि फेरि दोहोरियर कहिले  आउदैन र पाइदैन । होला पाइएला तर त्यो मायामा पहिला झै प्रेम हुन्न बस स्वार्थ मात्रै हुनेछ ।

पछी आउने सुन्दर भबिस्यमा साचो माया गर्ने छाडी  कहि कतै माया नपाएर ,तिमिले रोजेको मान्छेले तिम्रा कुराहरूमा साथ नदिदा ,माया पाउनका लागि तड्पिदा बल्ल थाहा पाउछौ र बल्ल एहसास हुनेछ साचो मायाको । तो बेला सोच्ने छौ ,कोहि थियो कुनै समय मलाई पनि उ आफू भन्दा धेरै माया र ख्याल  गर्ने ।तर तिम्रो बेकिस्मत भनम या मेरो भाग्य त्यो बेला म तिम्रो रहदिन ।तर त्यो बेला पक्कै पनि म सङ बिताएका अमुल्य तथा मिठा पलहरु रहने छ्न र  तेहि अमुल्य यादहरुले सताइरहने छन ।अनि त्यही यादहरुको सम्झनाले धेरै रुलाउने छ तिमिलाइ। किनकी ममा तिमिले गरेको व्यवहार देखेर साचो र चोखो माया प्रती बिश्वास  हट्ने छ र स्वार्थ अघि सरनेछ सानु ।मान्छेहरु भन्छन ,माया कोहि एक सङ मात्रै गर ,त्यसैलाइ जिन्दगी बनाउ, नाकी सबैलाई । मन सबैको एउटै हुन्छ,सबैलाई  माया चाहिन्छ र सबैले सबैलाई गर्नी अधिकार हुन्छ नि होइन र सानू।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *