नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. चोपलाल भुसाल नियुक्त

काउन्सिल कांग्रेस र बीमा बोर्डको अध्यक्ष माओवादीको भागमा

 नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. चोपलाल भुसाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को १३ मंसिरको बैठकले डा. भुसाललाई ४ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो ।

त्यसै दिनको बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको थियो । सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको भागवण्डाका आधारमा काउन्सिल र बीमा बोर्डमा अध्यक्ष नियुक्त भएका हुन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *