गायक श्रेयको ‘परिचय’ नामक म्युजिक भिडियाे सार्वजनिक

गायक श्रेयको ‘परिचय’ नामक म्युजिक भिडियाे सार्वजनिक

मलाई बाँच्न देऊ सृष्टिमा, ठाउँ छ भने मेरा लागि लुकाएर आफ्नै परिचय, कहाँ–कहाँ जाऊँ भागी ! यस्तै छु म, मलाई रङ्ग मन पर्छ मन पर्छ गुन्यु–चोली तिमीले बुझेनौं आज, के संसारले बुझ्ला र भोलि ?’ तेस्रो लिंगीको परिचय नबुझ्ने समाजलाई प्रश्न गर्दै युवा गायक श्रेय अगस्ती (ढुङ्गेल) ले नयाँ म्युजिक भिडियाे साङ्गीतिक बजारमा ल्याएका छन् ।

पुरुष शरीरभित्रको महिला मनोविज्ञानमा आधारित ‘परिचय’ नामक म्युजिक भिडियाे सार्वजनिक भएको छ। शुक्रबार गीतकार नमिता दवाडीको आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक भएको भिडियाेमा ‘एलजिबिटीक्यु’ अर्थात् तेस्रो लिङ्गीहरूको अस्तित्वको खोज र उनीहरूको जीवन सङ्घर्षको कथालाई झल्काउन खोजिएको छ । साथै उनीहरूले समाजबाट भोग्नुपरेको पीडा–हेयभावमाथि प्रश्न थोपर्न खोजिएको छ ।

‘यस गीतमा तेस्रो लिंगीको कहानी राख्न खोजेका छौं,’ गायक अगस्तीले सप्तकोसीले  भने, ‘सानैदेखि आफ्नो परिचयको खोजीमा अल्मलिएको तेस्रो लिङ्गीले कसरी बिचलित हुन्छ र बिलिन हुन बाध्य हुन्छ भन्ने देखाएका छौँ ।’ तेस्रो लिङ्गी भएर जन्मिएकाहरूले बाल्यवस्थादेखि नै आफ्नो परिचय बुझाउन गरेको अथक कोसिसले सफलता नपाएपछि संसारबाट नै बिलिन हुनु परेको कथा भिडियाेमा प्रस्तुत गरिएको उनको भनाइ छ ।

२१ वर्षीय गायक अगस्तीको यो आठौँ गीत हो । २०७६ भदौमा ‘मुसाफिर’ भन्ने गजलबाट सङ्गीतिक क्षेत्रमा प्रवेश गरेका अगस्तीले संस्कृत भाषाको रचनासहित अन्य सात गीत बजारमा ल्याइसकेका छन् । यस गीतको भिडियाेमा डाइरेक्टर–सङ्गीतकार रहेका श्रेयका बुबा सङ्केत अगस्तीको निर्देशन छ । दिदी साक्षी अगस्तीका साथ मिलेर भिडियाेमा काम गरिएको श्रेय सुनाउँछन् । भिडियाेमा खेमनाथ खनालले क्रेटिभ डाइरेक्टरको भूमिका निभाएका छन् । काठमाडौं–भक्तपुरका विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियाेमा कमल सिंह, नूर दाहाल, सुवास दाहाल र रानु निरौलाको अभिनय देख्न सकिन्छ । त्यसबाहेक लिपिका दाहाल, रविन ओली, नम्रता शर्मा, रमेश पराजुलीको सह–भूमिका छ।

बालकलाकार आरभ प्रधान, सुगम भट्टराई, सुज्यना खड्का, सायरा खड्का, रुशा श्रेष्ठ र मानव सापकोटाको अभिनय छ। गीतमा ज्ञानेन्द्र गिरीको सङ्गीत छ भने शब्दरचना नमिता दवाडीको छ। विशाल निरौलाको एरेन्ज रहेको गीत रन्जन राई द्वारा रेक्र मिक्स गरिएको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *