प्रतिनिधिसभाबाट सुरक्षित कारोबार विधेयक पारित
प्रतिनिधिसभाले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित गरेको छ, जसले चल सम्पत्तिको धितोमा हुने कारोबारलाई सुरक्षित, व्यवस्थित, र पारदर्शी बनाउनेछ।
प्रतिनिधिसभाले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित गरेको छ, जसले चल सम्पत्तिको धितोमा हुने कारोबारलाई सुरक्षित, व्यवस्थित, र पारदर्शी बनाउनेछ।
जसपाको संसदीय दलको बैठक सिंहदरबारमा, अध्यादेशबारे निर्णय गर्न अझै ढिलाइ! सत्तारूढ दलले राष्ट्रिय सभामा बहुमत जुटाउन माओवादीको साथ खोज्दै।
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी संसद बैठकमा पनि सभापति रवि लामिछानेको मुद्दा उठाउने निर्णय गरेको छ। संसदीय दलको बैठकमा संसदमा दर्ता भएका विधेयक, अध्यादेश र अन्य राष्ट्रिय मुद्दाहरूमा विस्तृत छलफल गर्दै, लामिछानेको विषयलाई निरन्तर बहसमा राख्ने सहमति भएको छ।
प्रतिनिधिसभाको बैठकमा ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि छलफल हुँदा गणपुरक संख्या नपुगेपछि कार्यसूचीबाट हटाइएको छ। साथै, सीमलतालमा भएको दुई वटा बस दुर्घटना र सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्युभएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको छ।
नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको हिंस्रक आचरणप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै संसदीय छानबिन समिति गठनको माग गरेको छ।