आगामी १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत वृद्धि गर्ने सरकारको लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत १ हजार ५ सय युनिट पुर्याउने लक्ष्य रहेको बताएका छन्। जलविद्युत उत्पादन र न्यून कार्बन उत्सर्जनका लागि सरकारले दीर्घकालीन योजना अघि सारेको छ।


