वागमती प्रदेशमा कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डा टुंगियो
वागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको छ। कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने सहमति भएको छ। बहादुरसिं लामा मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारीमा छन्।


