प्रधानमन्त्री प्रचण्डले जसपा विभाजनपछि विश्वासको मत लिँदै संसदमा बहुमत प्रमाणित गरे
जसपा विभाजन र उपेन्द्र यादवद्वारा समर्थन फिर्ता लिएपछि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षीको विरोधका बीच १५७ सांसदको समर्थनसहित विश्वासको मत प्राप्त गरे।
जसपा विभाजन र उपेन्द्र यादवद्वारा समर्थन फिर्ता लिएपछि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षीको विरोधका बीच १५७ सांसदको समर्थनसहित विश्वासको मत प्राप्त गरे।
प्रचण्डले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने भन्दै सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताए। उनले भुटानी शरणार्थी, ललिता निवास, बाँसवारी, बाल मन्दिर, सुनकाण्डलगायत प्रकरणमा सरकारको कारबाहीले जनतामा लोकतन्त्रप्रति विश्वास बढेको उल्लेख गरे।
प्रधानमन्त्री प्रचण्ड : के देशमा साँच्चै केही नभएकै हो ?