गृहमन्त्री रवि लामिछानेसँग तिनकुनेको जग्गाको विवाद समाधान गर्न सरोकारवाला प्रतिनिधिले ध्यानाकर्षण गरेका छन्
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग तिनकुने जग्गाको विषयमा देखिएको विवाद समाधान गर्न सरोकारवाला प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् । गृह मन्त्रालयमा मंगलबार काठमाडौं क्षेत्र नम्बर १ का सांसद सोबिता गौतम, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलगायतको उपस्थितिमा उक्त जग्गाको मुआब्जापीडितले गृहमन्त्रीसमक्ष समस्या सुनुवाइका लागि आग्रह गरेका हुन् ।


