राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रलाई थप प्रभावित हुन दिँदैनौँः अर्थमन्त्री पौडेल
काठमाण्डौः उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र थप प्रभावित हुने अवस्था अब नआउने बताउनुभएको छ । आज भैसेपाटीस्थित मन्त्री निवासमा रासससँग कुरा गर्नुहुँदै अर्थमन्त्री पौडेलले विद्यमान संसदीय र राजनीतिक व्यवस्थाअनुसार बन्नसक्ने सबैभन्दा बलियो सरकार अहिले बनेको र राजनीतिक अस्थिरताको प्रतिच्छाया मुलुकको अर्थतन्त्रमा पर्ने अवस्था नरहने स्पष्ट पार्नुभएको हो । “अहिलेको व्यवस्थामा बन्नसक्ने…


