यूएईमा मृत्युदण्ड सजाय पाएका श्रेष्ठ फर्किए
काठमाण्डौः युनाइटेड अरब इमिरेट्स (यूएई) मा मृत्युदण्ड सजाय पाएका ओखलढुंगा चिशंखुगढी गाउँपालिका–३ दियालेका भुवन श्रेष्ठ नेपाल फर्किएका छन् । यूएईको सारजाह जेलमा कैदी जीवन बिताइरहेका श्रेष्ठ बुधबार राति स्वदेश फर्किएका हुन् । एउटै कम्पनीमा कार्यरत गम्भीर घाइते नवलपुरका बाबुराम आले मगरलाई उपचारका लागि अस्पताल लैजाँदा उनको मृत्यु भएपछि श्रेष्ठलाई दुबई प्रहरीले पक्राउ गरेको थियो ।…


