दुईतिहाईको संख्या नपुग्दा र दुईतिहाईको संख्या पुग्ने दलहरुबीच एजेन्डामा सहमति नजुट्दा संविधान संशोधन हुँदैन: बिमलेन्द्र निधि (अन्तवार्ता)
नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार गठन भएको दुई साता पुगेको छ। सुरुवाती संकेत कस्तो पाउनु भएको छ ? ठीकै छ। यसलाई मैले राम्रै भनेको छु। नेपाली कांग्रेस सबैभन्दा ठुलो र एमाले दोस्रो ठुलो पार्टी हो। दुईवटा ठुला पार्टीले २०८४ सम्म सरकार रहन्छ भन्ने भरोसा र विश्वास दिलाएका छन्। कामहरु पनि भइरहेका छन्। राष्ट्रिय…


