अझै हटेन पशुचौपाया छाड्ने प्रवृति
काठमाण्डौः कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभावी छाड्ने प्रवृति कायमै छ । यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ । पशु कल्याण समिति धनगढीका अध्यक्ष चेतराज अवस्थी फाइदा हुन्जेल पशुचौपायाको स्याहारसुहार गर्ने र काम नलाग्ने…


