सीआईबीको डीएसपी भन्दै ठग्दै, उजुरीपछि परे पक्राउ
नेपालगञ्ज । नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी) बताउँदै ठगी गर्ने गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । डीएसपी हुँ भन्दै ठगी गर्दै आएका दैलेखको नारायण नगरपालिका–५ बस्ने ३० वर्षीय नैनसिंह विकलाई मंगलबार कोहलपुर नगरपालिका–११ बाट नियन्त्रणमा लिइएको हो । उनीमाथि विगत तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरूमा गई आफू सीआईबीको डीएसपी नवीन शाही…


