खानेपानी मन्त्री यादवसँग चर्को स्वरमा बोलेको आरोपमा पक्राउ परेकी साहलाई ३ दिन म्याद थप

वीरगञ्ज : खानेपानी मन्त्री प्रदीप यादवसँग चर्को स्वरमा कुरा गर्ने कारण पक्राउ परेकी किरण साहमाथि प्रहरीले तीन वटा मुद्दा दर्ता गरेको छ । पर्सा प्रहरीका प्रवक्ता एवम् डीएसपी किशोर लम्सालका अनुसार खानेपानी मन्त्रीका स्वकीय अधिकृत हरिन्द्र साहले किरणविरुद्ध जाहेरी दिएका थिए । टिकटकरसमेत रहेकी साहमाथि प्रहरीले विद्युतीय कारोबारसम्बन्धी अपराध, संघीय सांसदलाई ज्यान मार्ने धम्की दिन…

0Shares
Read More

घट्यो डिजेल र मट्टिटेलको मूल्य

लालबन्दी : नेपाल आयल निगमले डिजेल र मट्टिटेलको मूल्य घटाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । सोमबारदेखि लागू हुने गरी डिजेल/मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १ रुपैयाँ र तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर…

0Shares
Read More

सिन्धुलीमा खन्ती प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

लालबन्दी : सिन्धुलीमा आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। दुधौली नगरपालिका-१४ भौडीका तुलाराज सुनुवारले आइतबार बिहान ११:३० बजे आफ्नी आमा ६५ वर्षकी फालकुमारीलाई फलामको खन्तीले टाउको र छातीमा प्रहार गर्दा मृत्यु भएको आरोप छ। घटनास्थलमा प्रहरी चौकी दुधौलीबाट खटिएको टोली र स्थानीयले भाग्दै गरेका सुनुवारलाई नियन्त्रणमा लिएको छ। उनीहरूबीच घरायसी विवाद उग्र हुँदा घटना…

0Shares
Read More

२०८२ साल भदौ १५ गते आइतबारको राशिफल

२०८२ साल भदौ १५ गते आइतबारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लेनदेनको कारोबारमा सतर्कता अपनाएको राम्रो हुन्छ । गिन्ती बिग्रिएर घाटा पर्नसक्छ । साथीभाइ र सहयोगीहरूले पनि फरक व्यवहार देखाउने दिन हो । चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो…

0Shares
Read More

खानेपानी मन्त्री यादवसँग फोनमा चर्को स्वरमा कुरा गरेको आरोपमा एक महिला पक्राउ

वीरगञ्ज : खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा चर्को स्वरमा कुरा गरेको, धम्क्याएको आरोपमा पर्सा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । स्थानीय किरण साहले मन्त्री यादवलाई फोनमार्फत जानकारी गराउँदै वीरगञ्जमा फैलिएको हैजा किन नियन्त्रण गर्न नसकेको ? पानी परीक्षण नगरी किन वितरण गरेको लगायत प्रश्न गरेकी थिइन् । उनै साहलाई वीरगञ्जको मुर्लीबाट शनिबार पक्राउ गरिएको…

0Shares
Read More

बाराको धर्मशालामा सर्लाहीका वृद्ध मृतावस्थामा फेला

लालबन्दी : बारामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुर शान्ति टोलस्थित धर्मशालाको पेटीमा सर्लाही ईश्वरपुर नगरपालिका-७ फुलजोर घर भएका ६० वर्षीय गोपाल चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

0Shares
Read More

आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि हरिवनमा अनिश्चितकालिन राजमार्ग बन्द गर्ने

लालबन्दी : आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध गर्ने भएका छन्। शनिवार उखु उत्पादक महासङ्घ र उखु उत्पादन हुने जिल्ला सङ्घहरूको बैठकले अनिश्चितकालिन राजमार्ग बन्द गर्ने निर्णय गरेको हो। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त बैठकबाट माग सम्बोधन गराउनका लागी थप निर्णायक आन्दोलन अपरिहार्य रहेकोले सशक्त आन्दोलनका लागी सबै जिल्लाका उखु किसानहरूको सक्रिय…

0Shares
Read More

लालबन्दीमा २५ केजी गाँजासहित एक युवक पक्राउ, अर्का फरार

लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका–८, खतिवडा चोकबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीलाई देखेपछि भाग्ने प्रयास गरेका दुई युवामध्ये एक जना पक्राउ परेका हुन् भने अर्का एक जना फरार रहेका छन्। पक्राउ पर्नेमा जिल्लाको चुरेवर्ती क्षेत्र लालबन्दी नगरपालिका–१४, नारायणखोला कामिटारका २० वर्षीय सन्ते ब्लोन रहेका छन्। उनको साथबाट पाँचवटा पोकामा…

0Shares
Read More

२०८२ साल भदौ १३ गते शुक्रबारको राशिफल

२०८२ साल भदौ १३ गते शुक्रबारको राशिफल : मेष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। सोचेको आटेको काममा सफलता मिल्नेछ। व्यापारबाट प्रसस्त लाभ मिल्नेछ। वृष : पढाई लेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। मिथुन : आश मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट…

0Shares
Read More

सर्लाहीमा कटुवा पेस्तोलसहित दुई जना पक्राउ

सर्लाही । सर्लाही प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । रामनगर गाउँपालिका–७ सिसौट टोलका वर्ष करिब २५ वर्षीय किशन महरालाई विशेष सूचनाका आधारमा पक्राउ गरी उनको बयानका आधारमा अर्का १८ वर्षीय श्याम महरालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले बागमती नदीको किनारबाट एउटा कटुवा पेस्तोल बरामद गरेको…

0Shares
Read More