सफाइ पाएपछि जलेश्वरका नगर प्रमुखले कार्यभार सम्हाले

जलेश्वर । आर्थिक अनियमितताको आरोपमा निलम्बनमा परेका महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले मुद्दामा सफाइ पाएपछि आजदेखि पुनः कार्यभार सम्हालेका छन् । उनीसहित उपप्रमुख रौशन खातुन, वडा नं १ का वडाअध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत धिरेन्द्र झाले पनि सफाइ पाएपछि आजैदेखि कार्यभार सम्हालेका…

0Shares
Read More

बाढी पहिरो पीडितलाई यथाशीघ्र राहतको व्यवस्था होस : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशको विभिन्न स्थानमा बाढी पहिरोले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । आइतबार विज्ञप्ति जारी गरी प्राकृतिक विपदमा परी घाइतेहरुको उपचारको सम्पूर्ण व्यवस्था तथा पीडित परिवारलाई यथाशीघ्र राहतको व्यवस्था गर्न जसपा नेपालले सरकारसँग आग्रह गरेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत…

0Shares
Read More

युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले भने- सबैजना मेरो मार्गदर्शक हुनुभयो

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अहिलेसम्म पदीय जिम्मेवारीमा बसेर आफ्नो दायित्व इमान्दारितापूर्वक निभाएको बताएका छन् । मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मर्यादामा बसेर पदीय जिम्मेवारी निभाएको बताएका हुन् । उनले भने, ‘मेरो यो पहिलो कार्यकारी अनुभव हो । त्यसैले सबैजना मेरो मार्गदर्शक हुनुभयो । मन्त्रालयमा आउँदा कोही कसैसँग व्यक्तिगत आग्रह…

0Shares
Read More

सिमलताल पहिरोमा बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिमलताल बस दुर्घटनामा परेका यात्रुहरूको खोजीलाई तीव्रता दिन तीनवटै सुरक्षा अंगहरूलाई निर्देशन दिएका छन्। उनले सबै उपायहरूको अबलम्बन गरेर हराइरहेकाहरूको खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालले निजी निवास खुमलटारमा बोलाएर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई हराइरहेका यात्रुहरूको खोजीलाई तीव्रता दिन निर्देशन…

0Shares
Read More

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने : मेरो बारेमा आजबाटै अनुसन्धान गर्नुहोस्

काठमाडौं ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफू मन्त्री भएकै कारण आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान थाल्न आग्रह गरेका छन् । आइतबार मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूमाथि पनि विभिन्न विषयमा प्रश्नहरु उठिरहेको भन्दै मन्त्री भएको कारणले अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट न्यायाधीससँग गहन अध्ययन अनुसन्धान थाल्न आग्रह…

0Shares
Read More

त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन

चितवन, चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन् । त्रिशूली नदीको तटीय क्षेत्रका…

0Shares
Read More

कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।कृष्णपुर नगरपालिका–७ कार्की कटानस्थित सडकमा ना.५ ख ३४९१ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्य भएको छ । सोही नगरपालिका–७ शान्तिपुर बस्ने ५२ वर्षीय मोहन खड्काको शनिबार राति घटनास्थलमै मृत्यु भएको हो ।प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

0Shares
Read More

मन्त्रीको टुंगो लगाउन डा. शेखर समूह छलफलमा

काठमाडौं । कांग्रेस समूहका नेता डा. शेखर कोइरालाले नयाँ सरकारमा पठाउने मन्त्रीहरूका विषयमा आफू निकटका नेताहरूसँग छलफल गरेका छन् । आइतबार विशालनगरस्थित सचिवालयमा बसेको बैठकमा उनले पछिल्लो राजनीतिक अवस्था र समूहबाट सरकारमा सहभागी गराउने मन्त्रीहरूको टुंगो लगाउन छलफल गरेका हुन् । बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, नेताहरू जीवन परियार,…

0Shares
Read More
शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन

कर्णाली करिडोर आजदेखि सञ्चालन : शनिबार बिहानदेखि अवरुद्ध भएको थियो

पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन भएको छ ।करिडोरअन्तर्गत जिल्लाको पचालझरना गाउँपालिका-८ लाफामा वर्षासँगै आएको पहिरोले कालीकोटको खुलालुबाट हुम्ला जोड्न खण्ड अवरुद्ध भएको थियो

0Shares
Read More

कोटिहोम महायज्ञका लागि साइकलमार्फत प्रचार (फोटो फिचर)

काठमाडौं । पशुपतिस्थित वनकालीमा साउन १ गतेदेखि आयोजना गरिने कोटिहोम महायज्ञको प्रचार प्रसारका लागि बृहत साइकल र्याली आयोजना गरिएको छ । मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा एक महिनासम्म हुने कोटिहोम महायज्ञको प्रचारका लागि र्याली आयोजना गरिएको हो । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0Shares
Read More