दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षमा नवराज अधिकारी

काठमाडौं । दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी नवराज अधिकारीले पाएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।साथै मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

रिक्त अध्यक्ष पदमा नियुक्ति लागि सिफारिस गर्न सञ्चार मन्त्रालयको सचिवको संयोजकत्वमा समिति गठनसमेत गरिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *