दाङमा वनभोजका लागि हिँडेको बस दुर्घटना

दाङमा वनभोजका लागि हिँडेको बस दुर्घटना

काठमाडौं  । दाङमा वनभोजका लागि हिँडेको बस दुर्घटना भएको छ ।

बर्दियाबाट दाङको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तरगत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै आज बिहान साढे ७ बजे दुर्घटनामा भएको हो । बर्दियाको बढैयाताल गाउँपालिका-६ को पिपरहवा कृषि कृषक समूह वनभोजका लागि चखौरा जाँदै थियो ।

दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार २० जना घाइते भएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ । 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *