प्रधानमन्त्री प्रचण्ड : के देशमा साँच्चै केही नभएकै हो ?

अब सरकारले कार्यशैली बद्लेर काम गर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाजमा अहिले हीनताबोध र नकारात्मकताको डढेलो लगाइएको बताएका छन् ।

सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले के देशमा साँच्चै केही नभएकै हो ? के देश पूर्ण सम्भावनाहीन बन्दै गएको हो त ? भन्दै प्रश्न गरेका छन् ।

एकथरीले नियोजित रुपमै यो मानसिकतालाई मलजल गरेको भन्दै उनले भने, ‘यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रो मात्र भइरहेको छ ।’ उनले सकिदैन, हुँदैन भन्ने नकारात्मकताले समाजको सिर्जनात्मकता नै मरेको बताए । नकारात्मक र हीनता भावनाले सम्भव कामलाई पनि असम्भव बनाएको प्रधानमन्त्री प्रचण्डले बताए ।

उनले लोडसेडिङ अन्त्य गर्नुका साथै एक वर्षमा १५ अर्बभन्दा बढीको विद्युत व्यापार गरेको र एक वर्षमा ५०० मेगावाट भन्दा बढी विद्युत थप भएको भन्दै ८० वर्षमा नभएको काम एक वर्षमा भएको बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *