शान्तिपूर्ण रूपमा भेला भएर विरोध / प्रदर्शन, धर्नालगायत कार्यक्रम गर्न पाउने नागरिकका संविधानप्रदत्त अधिकार कुण्ठित हुने गरी सरकारले निषेधित क्षेत्रको दायरा बढ़ाउंदै लगेको छ। दुई फरक समूहले एकै ठाउँमा प्रदर्शन गर्ने तयारी गरेपछि एक महिनाअघि माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुको सट्टा सरकारले मिति बढ़ाएर लगभग राजधानीलाई नै थप दुई महिनाका लागि निषेधित्त क्षेत्र बनाएको छ।
अझ ललितपुरको हरिहर भवन आसपासका लागि ६ महिनाका लागि लगाइएको निषेधाज्ञा पनि यथावत् छ।
नागरिक आवाज मुखर गर्न तथा सरकारको खबरदारी गन्ने स्थानका रूपमा चिनिएका काठमाडौंका महत्त्वपूर्ण ६ स्थानका आसपासका क्षेत्रलाई काठमाडौं प्रशासनले निषेधित क्षेत्र तोकेको छ। प्रशासनले माइतीघर-बानेश्वर सडक, संसद् भवन, राष्ट्रपति भवन शीतल निवास, प्रधानमन्त्री निवास बाल्वाटार,उपराष्ट्रपति निवास लैनचौर, सिंहदरबार वरपर कतै पनि विरोध प्रदर्शन र भेला हन रोक लगाएको छ ।
आदेश उल्लंघन भए ५ सय रुपैयाँसम्म जरिवाना वा १ महिनासम्म कैद वा दुवै सजाय हने प्रशासनले जनाएको छ। विशिष्ट्र व्यक्तिहरूको कार्यालय तथा निवास क्षेत्रमा आन्दोलन वा प्रदर्शनका कार्यक्रम हँदा हूलदंगा र अशान्ति आउने निष्कर्ष प्रशासनले निकालेको छ। ‘अति विशिष्ट व्यक्तिहरूको निवास कार्यालय वा मुलुकको प्रशासनिक केन्द्र तथां मुख्य आगमन मार्गहरूमा भेला जम्मा भई अनशन, धर्ना, घेराउ र विरोध प्रदर्शनजस्ता कार्यक्रम आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवं भिडत्त भई शान्तिस्रक्षा भंग तथा हुलदंगा वा अशान्ति हुन सक्ने भई समग्र शान्तिस्रक्षामा प्रत्यक्ष असर पनें’ प्रशासनको दाबी छ।
त्यसैले पुस ४ देखे फाग्ुन ४ सम्म दुई महिनाका लागि निषेधित क्षेत्र तोकिएको काठमाडौं प्रशासनको भनाइ छ।


