माओवादी केन्द्र मधेश प्रदेशको सचेतकमा प्रदेश सभा सदस्य कुशवाह मनोनयन

माओवादी केन्द्र मधेश प्रदेशको सचेतकमा प्रदेश सभा सदस्य कुशवाह मनोनयन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेश प्रदेशले प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहलाई सचेतक तोकेको छ ।माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलको सिफारिसमा सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा “क” का प्रदेश सभा सदस्य कुशहाहलाई सचेतकमा मनोनयन गरिएको माओवादी संसदीय दलका नेता प्रदेश सभा सदस्य भरत प्रसाद शाहले जानकारी दिए ।
मधेश प्रदेश सभाको संसदीय दलको सचेतकमा सिफारिस गरिएको संसदीय दलका नेता  प्रदेश सभा सदस्य शाहले  मधेश प्रदेशका सभामुखलाई जानकारी गराएका छन् ।उनले माओवादी केन्द्र मधेश प्रदेश सभा संसदीय दलको विधान बमोजिम प्रदेश सभा सदस्य कुशवाहलाई सचेतक पदमा मनोनयन गरिएको बताए ।

भद्र स्वभावका प्रदेश सभा सदस्य कुशवाह प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा “क” बाट निर्वाचित भएका हुन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *