कालोसूचीको निरन्तरतापछि प्राधिकरण र निगमबीच आरोप–प्रत्यारोप

कालोसूचीको निरन्तरतापछि प्राधिकरण र निगमबीच आरोप–प्रत्यारोप

काठमाडौं । युरोपियन युनियनले १४ मंसिरमा उडान सुरक्षा चासोको सूची (कालोसूची) सार्वजनिक गर्दा ११औं पटक नेपालको नागरिक उड्डयन (हवाई) क्षेत्र पनि दोहोरियो । यही विषयलाई लिएर हवाई सुरक्षाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमबीच आरोप–प्रत्यारोप चलेको छ ।

प्राधिकरणका अधिकारीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सुरक्षा मापदण्ड पालनामा कमजोरी गर्दा कालोसूचीमा दोहोरिने अवस्था आएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । निगमका अधिकारीहरूले भने नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्ने सुधारको काम नगरेका कारण कालोसूचीमा परेको जिकिर गरेको छ । निगम व्यवस्थापनले कालोसूचीमा रहिरहनुको कारण तथ्यपूर्ण ढंगले सार्वजनिक गर्न प्राधिकरणका अधिकारीहरूलाई चुनौती नै दियो ।

निगमका प्रवक्ता रमेश पौडेल मिथ्या सूचना प्रचार गरी निगमको संस्थागत साखमा आँच पुर्‍याउने प्रयत्न भइरहेको बताउँछन् । ईयूले २९ नोभेम्बरमा पठाएको पत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षाका न्यूनतम मापदण्ड लागू गर्ने क्षमतामा बुँदागत रूपमा प्रश्न उठाइएको उनले बताए  ।

‘नेपाल वायुसेवा निगमको कमजोरीका कारण नेपाललाई ईयूले नेपाललाई सेफ्टी लिस्टबाट नहटाएको भन्ने प्रचार भ्रमपूर्ण हो’, पौडेलले विज्ञप्तिमार्फत भनेका छन् ।

पुरा हेर्न यहा थिच्नु होला

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *