जोशीको परिवारका सदस्यहरूले निरन्तर उनको मुक्तिका लागि आवश्यक पहल गरिदिन नेपाल सरकार र सरोकारवालाहरूलाई आग्रह गर्दै आएका छन्। सरकारी तथा कूटनीतिक अधिकारीहरूले पनि त्यसका लागि पहल जारी राखिएको बताएका छन्।
सरकारी अधिकारीहरूका अनुसार नेपाल सरकारले इजरेल र हमासबीच लडाइँ रोक्ने र बन्धक मुक्त गर्ने सहमतिअनुसार विपिन जोशीलाई पनि छुटाउन नेपालले आवश्यक कूटनीतिक पहल जारी राखेको छ।


