छठ पर्वको चहलपहल तस्बिरमा

सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने छठ तराईमा बस्ने भोजपुरी र मैथली भाषी हिन्दू समुदायको मूख्य पर्व हो।

नेपालमा पहिला तराई क्षेत्रमा सीमित यो चाड केही वर्षदेखि राजधानी काठमाण्डू तथा विभिन्न पहाडी जिल्लामा पनि मनाउन थालिएको छ।

छठ
तस्बिरको क्याप्शन,अघिपछि उदाउँदो सूर्यको प्रार्थना गरिने भए पनि छठ पर्वमा अस्ताउँदो सूर्यको पनि प्रार्थना गर्ने चलन छ।
छठ पूजा
तस्बिरको क्याप्शन,सूर्यको पूजा गर्न वशेषगरि महिलाहरू खोला, पोखरि वा घाटमा जाने गर्छन्।तराईका जिल्लामा रहेका छठी घाटहरूमा लाखौँ रुपैयाँ खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि कामहरू पनि भएका छन्।
जनकपुरको गङ्गासागर, धनुषसागर अनि वीरगन्जको घडीअर्वा पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गरिएको छ।
छठ पूजा
सुनसरीको इनरुवास्थित कुरुवा खोलामा पूजास्थल निर्माण गर्दै स्थानीयवासी
तस्बिरको क्याप्शन,सुनसरीको इनरुवास्थित कुरुवा खोलामा पूजास्थल निर्माण गर्दै स्थानीय
जनकपुरधामस्थित धनुषसागर पोखरी
तस्बिरको क्याप्शन,कतिपय स्थानमा राती छठ घाटमै मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम गरी जाग्राम बस्ने चलन छ भने कतिपय व्रतालुहरू आफ्ना सामाग्री प्रसाद सहित फर्केर आउने र भोलि पल्ट बिहान फेरी घाट जाने गर्छन्।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *