प्रधानमन्त्री दाहालले मुलुकमा राजनीतिक स्थायित्व दिन सक्दैनन्ः सांसद रिजाल

नेकपा (एमाले) का सांसद ईश्वरबहादुर रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा राजनीतिक स्थायित्व कामय गर्न नसक्ने बताएका छन्।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री दाहालको आफ्नै जिद्दीपनाका कारण पटकपटक संसदबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको बताए।

उनले प्रधानमन्त्री दाहाल जनमत विपरित सरकारमा गएकाले पनि मुलुकमा राजनीतिक स्थायित्व र विकासको कामले गति लिन नसकेको बताए।

उनले भने, ‘सत्ताको यो समिकरणको विषयलाई लिएर केही कुरा उठेको छ। धेरै माननीयज्युहरूले चिन्ता व्यक्त गर्नुभएको छ। व्यवहार हेर्दा गतिशील होइन, अस्थिर देखिन्छ। गाउँतिर एउटा प्रचलन छ अलि जाडो भयो अहुलतिर झर्ने, अलि गर्मी हुन लागेपछि खर्कतिर लाग्ने। यस्तो सुविधा खोज्दै हिँड्ने प्रवृत्ति प्रधानमन्त्रीमा पाइयो।’

उनले थपे, ‘हामी के अनुरोध गर्न चाहन्छौं भने राजनीतिक स्थिरता र स्थायित्व कायम गराउने कुरामा ४ पटक यही थलोबाट प्रधानमन्त्रीले विश्वासको मत लिनुप¥यो। यसमा विश्वासको मत झिक्ने माननीयहरुको मात्रै कारण होला कि सम्माननीय प्रधानमन्त्रीजीको पनि कारण होला ? उहाँले द्वन्द्ववादको राम्रो व्याख्याता पनि हुनुहुन्छ। द्वन्द्ववादले एउटा व्यक्ति हन्ड्रेट पर्सेन्ट राईट, अर्को हन्ड्रट पर्सेन्ट रङ भन्दैन। अब उहाँको नेतृत्वबाट राजनीतिक स्थायित्व कायम हुन सक्दैन भन्ने हाम्रो मान्यता हो।’

सांसद रिजालले मुलुकलाई राजनीतिक स्थायित्व दिनका लागि एमाले–कांग्रेसबीच नयाँ सत्ता समिकरण बनेको बताए।

प्रकाशित: २५ असार २०८१ १३:३० मंगलबार

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *