निर्वाचनमा पराजित भएकोमा गल्ती मान्दै पूर्व प्रधानमन्त्री सुनकले मागे माफी

बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकले निर्वाचनमा पराजित भएकोमा गल्ती मान्दै माफी मागेका छन्।

गत साता भएको निर्वाचनमा सुनकको कन्जरभेटिभ पार्टी नराम्रोसँग पराजित भएपछि हारको जिम्मेवारी लिँदै उनले माफी मागेका हुन्।

उनले संसदका पूर्व सांसदहरूलाई फोन गरेर निर्वाचनको नतिजाबारे कुराकानी गर्दै माफी मागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

यसअघि सुनकले गत शुक्रवार पनि आफ्नो विदाई भाषणको क्रममा पार्टीका सहयोगी र देशसँग माफी मागेका थिए।

बेलायतमा भएको निर्वाचनमा लेवर पार्टीले जित हासिल गरेको छ। कीर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन्।

प्रकाशित: २५ असार २०८१ १०:१० मंगलबार

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *