असार सकिनै लाग्दा अन्नको भण्डार मधेशमा सबैभन्दा कम रोपाइँ –

कृषि ज्ञान केन्द्रको अनुसार पर्सामा आजसम्म ६० प्रतिशत धानको रोपाइँ सम्पन्न

जनकपुरधामः देशभर १३ लाख ९८ हजारमध्ये ५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।

यसवर्ष देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । त्यसमध्ये ५ लाख ३९ हजार ७६६ हेक्टर (३८.६ प्रतिशत) रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ ।

असार २३ गतेको तथ्यांकअनुसार सुदूरपश्चिममा १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिए पनि ९४ हजार ६९९ (५४.२ प्रतिशत) रोपाइँ सम्पन्न भएको छ ।

यस्तै, सबैभन्दा कम मधेश प्रदेशमा धान रोपाइँ भएको विभागको तथ्यांकमा उल्लेख छ । मधेशमा ३ लाख ८३ हजार १५० हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिए पनि हालसम्म जम्मा २५.५ प्रतिशत अर्थात् ९७ हजार ८५१ हेक्टरमा क्षेत्रफलमा मात्रै रोपाइँ हुन सकेको हो ।

यस्तै कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ । सोमध्ये हालसम्म ९५ हजार १७० हेक्टर (३४.४ प्रतिशत) क्षेत्रफलमा मात्रै रोपाइँ हुन सकेको छ ।

यस्तै, बागमती प्रदेशमा १ लाख १४ हजार ५६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म यस प्रदेशमा ४६ हजार ४४ हेक्टर (४०.२) मा रोपाइँ भएको छ ।

यस्तै, गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टरमा रोपाइँ हुने अनुमानसहितको सरकारी तथ्यांक छ । तर, हालसम्म ४७ हजार ७३३ हेक्टर (४९.७ प्रतिशत) क्षेत्रफलमा रोपाइँ भएको छ ।

यस्तै, लुम्बिनीमा ३ लाख ११ लाख ६४३ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म १ लाख ३८ हजार ३६४ हेक्टर (४४.४ प्रतिशत) क्षेत्रफलमा भान रोपाइँ हुन सकेको छ ।

यस्तै, कर्णालीमा ४१ हजार ९०४ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएको छ । जसमध्ये १९ हजार ९०४ हेक्टर (४७.५ प्रतिशत) क्षेत्रफलमा धान रोपाइँ भएको विभागको तथ्यांक छ ।

गत वर्ष असार २४ सम्ममा देशभर ४२ प्रतिशत रोपाइँ भएको थियो । गत वर्ष १४ लाख ९६ हजार ८३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा यो समयमा ६ लाख ४२ हजार २८४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *