युरो कप : उपाधि दाबेदार जर्मनी र स्पेन भिड्दै

युरो कप फुटबल २०२४ को पहिलो क्वाटरफाइनल खेल आयोजक जर्मनी र स्पेनबिच शुक्रबार राती हुँदैछ। 

आयोजक जर्मनीले स्पेनसँग नेपाली समय अनुसार शुक्रबार राती ९: ४५ बजे  सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छ।

दुवै टोली उपाधिका दाबेदार पनि हुन । यस पाली उनीहरूको प्रदर्शन पनि अब्बल रहेको छ। 

समूह चरणमा स्पेनले तीनै खेल जितेर प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो।प्रिक्वाटरफाइनलमा स्पेनले जर्जियामाथि ४–१ गोलको सजिलो जित हात पार्दै क्वाटरफाइनल सम्मको यात्रा तय गरेको हो।

समूह इ मा रहेको स्पेनले समूह चरणमा क्रोएसियालाई ३–० , इटालीमाथि १–० र अल्बानियालाई १–० गोलले पराजित गरेको थियो । समग्रमा स्पेनले हालसम्म नौ गोल गरिसकेको छ भने केवल एक गोल मात्र खाएको छ। 

समूह ए मा रहेको आयोजक जर्मनीले समूह चरणका तीन खेलमा २ जित र १ खेल बराबरीमा टुङ्गाउँदै समूहमा पहिलो हुँदै प्रिक्वाटरफाईनलमा स्थान बनाएको हो।त्यसैगरी प्रिक्वाटरफाईनलमा जर्मनीले  बलियो प्रतिद्वन्द्वी डेनमार्कमाथि २–० गोलको जित हात पारेको थियो। जर्मनीले हालसम्म कुल १० गोल गरेको छ भने केवल दुई गोल खाएको छ । 

जर्मनी र स्पेनले हालसम्म तीन–तीन पटक युरोकपको उपाधि जितेका छन् । जर्मनी तीन पटक र स्पेन एक पटक उप–विजेता पनि बनेका छन् । 

युरोकप फुटबलमा जर्मनीले १४ पटक तथा स्पेनले १२ पटक सहभागीता जनाएका छन् ।यसैगरी शुक्रबार मध्यराती १२ : ४५ बजे फ्रान्स र पोर्चुगलबिच दोस्रो क्वाटरफाईनलको खेल हुनेछ।  

प्रकाशित: २१ असार २०८१ १८:५९ शुक्रबार

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *