धनुषामा मोटरसाइकलको ठक्करबाट सर्लाहीका पुरुषको मृत्यु –

धनुषास्थित बस दुर्घटनामा १५ घाइते , बसमा सवार घाइतेहरूको नामावली

धनुषा : धनुषामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको जनकपुर उपमहानगरपालिका-१४ स्थित सडकमा पिडारी चोकबाट लक्ष्मिनियातर्फ जाँदै गरेको ज.३ प. ५८३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सर्लाहीको हरिपुर्वा नगरपालिकाका ५८ वर्षीय प्रबेश राउतको शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा  थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

मृतक राउत सडक डिभिजन कार्यालय जनकपुरका कर्मचारी हुन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *