भारी वर्षाले लखन्देही खोलाको तटबन्ध भत्कायो, दर्जनौँ घर डुबानमा

हरिवन : सर्लाहीसहित मधेशमा आज आएको भारी वर्षाले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। लखन्देही खोलामा आएको बाढीले तटबन्ध भत्काउँदा कौडेना गाउँपालिका–७ शिवनगर तथा मलंगवा नगरपालिका–५ भाँड्सर गाउँमा बाढी पसेको छ।भारी वर्षाले लखन्देही खोलाको तटबन्ध भत्कायो, दर्जनौँ घर डुबानमा ।

शुक्रबार बिहान चुरेस्थित पत्थरकोटमा भारी वर्षा भएको थियो। वर्षाले पत्थरकोट भएर बग्ने भारी वर्षाले लखन्देही खोलाको तटबन्ध भत्कायो।

त्यसपछि पानीको सतह बढेर बाढी आएको हो। कौडेना गाउँपालिका–७ शिवनगर नजिक लखन्देही खोलाले बाँध भत्काएपछि बाढी गाउँ पसेको हो।

बाढी गाउँ पस्दा शिवनगरमा मात्र ३५ भन्दा बढी घर डुबानमा परेको हो।सयौं घर जोखिममा रहेको वडाध्यक्ष विजय यादवले जानकारी दिए।

घरभित्र बाढी पसेपछि भित्र रहेकाहरूलाई उद्धार गरिएको यादवले बताए।बाँध भत्किएर मलंगवा नगरपालिका–५ भाँड्सरमा पनि बाढी पसेको छ।

विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमारले कौडेना गाउँपालिका–७ स्थित लखन्देही खोलाको बाँध बाढीले भत्काएको जानकरी दिए।

उनले बाँध भत्किँदा कौडेनको शिवनगरमा ३५ घर र मलंगवाको भाँड्सरमा २५ घरमा बाढी पसेको बताए ।

अहिले सुरक्षा अधिकारीको टोली घटनास्थल पुगेका छन्। ‘लखन्देही खोलाले बाँध भत्काएर भाँड्सर र शिवनगर बस्तीमा पसेको छ।

यहाँका घरहरु डुबानमा छन्, तर पानीको सतह भगने घटिरहेको छ,’ उनले भने, ‘राति थप पानी परे बस्ती बगाउने खतरा छ, बाढी पीडितलाई सुरक्षित स्थानमा सारिरहेका छौं।’

प्रजिअ अधिकारीका अनुसार जनधनको भने क्षति हुन नपाएको जानकारी दिए।

भारी वर्षाका कारण पूर्व-पश्चिम राजमार्गमाको गहिरो भागमा पनि अत्यधिक पानी जमेका कारण सडक नै अवरुद्ध भएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *