लालबन्दीमा रिभल्वरसहित एक पुरुष : प्रकाउ पर्ने ५० वर्षीय रामलाल मोक्तान

लालबन्दीमा रिभल्वरसहित एक पुरुष पक्राउ : ५० वर्षीय रामलाल मोक्तान

सर्लाही । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-१५ बोरे डाँडा बस्ने ५० वर्षीय रामलाल मोक्तानलाई प्रहरीले मेड इन युएसए लेखिएको १ थान रिभल्वरसहित गएराति पक्राउ गरेको छ। मोक्तानलाई प्रहरीले घर तलासी गर्दा उक्त रिभल्वर फेला पारेको हो। लालबन्दीमा रिभल्वरसहित एक पुरुष पक्राउ परेका हुन ।

प्रहरीको छापामारीमा लालबन्दीमा रिभल्वरसहित एक पुरुष प्रकाउ

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले मोक्तानको घर तलासी गर्दा रिभल्वर फेला पारी उनलाई पक्राउ गरेको छ। प्रहरीले मोक्तानको घरमा छापामारी गर्दा आधुनिक रिभल्वर फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो।

थप अनुसन्धान

पक्राउ परेका मोक्तानामाथि जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले यस विषयमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *