चपुरमा भारतिय स्कार्पियो दुर्घटना ,भरत ताल घुमेर फर्किँदै गर्दा दुर्घटनाको अनुमान

चपुरमा भारतिय स्कार्पियो दुर्घटना,भरत ताल घुमेर फर्किँदै गर्दा दुर्घटनाको अनुमान

रौतहट। चपुरमा भारतिय स्कार्पियो दुर्घटना भएको छ।भरत ताल घुमेर फर्किँदै गर्दा दुर्घटना भएको हो ।चन्द्रपुर रौतहट ।नगरपालिकामा भारतीय नम्बर प्लेटको स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटना नगरपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गको धन्सार पुल नजिक शुक्रबार भएको हो।

चपुरमा भारतिय स्कार्पियो दुर्घटना को कारण

सर्लाहीको बाग्मती नगरपालिकाबाट बाराको पिलुवा जाँदै गरेको बिआरजिरो ५ एटी ५९६३ नम्बरको स्कार्पियो जिपको पछाडि बायाँ साइडको चक्का पड्किएपछि जिप अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो। जिप खयरको रुखमा ठोक्किएर दुर्घटना भएको हो।

चपुरमा भारतिय स्कार्पियो दुर्घटनाका मृतक र घाइते

मृतक

  • भारत बिहार पुर्वी चम्पारण ग्राम पञ्चायत झिट्काही –४ का ३५ वर्षीय तमन्ना शेख।
  • २१ वर्षीय ईर्फान आलम, जसको वीरगंजस्थित मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

घाइते

  • चालक २२ वर्षीय सोहेल अमिर।
  • आशिष रेजा (ढाड, कम्मर, र टाउकोमा चोट)।
  • उल्लाह शेख (टाउकोमा चोट)।
  • सद्धाम हुसेन (दुबै हात, खुट्टा र ढाडमा चोट, अवस्था मध्यम)।

प्रहरीको प्रतिक्रिया

दुर्घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सुरेन्द्र विक्रम बर्तौलाको टोली घटनास्थल पुगेको थियो। घाइतेहरूको उपचार बारास्थित निजगढ सामुदायिक अस्पताल र वीरगंजमा भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *