सर्लाही : सर्लाहीमा बस र भारतीय ट्रक ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती न. पा. १ रायमाझी चोकमा पार्किङ गरी राखेको एन एल ०११ ए एस ९२५२ नम्वरको इन्डेन ट्रकलाई भैरहवा बाट जनकपुर तर्फ जादै गरेको लु १ ख ८८४८ नम्वरको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटना भएको ट्रकमा सामान्य क्षेति भएको छ ,भने बस र बसमा सवार मानबिय क्षेति भने गम्भीर छ। दुर्घटनामा ४ जनाको घटना स्थलमा मृत्यु भएको छ भने २ गम्भीर घाइते भएका छ्न भने अन्य यात्रीलाई विभिन्न अस्पतालमा उपचारको लागी लगिएको छ। घाइते सबैलाई अस्पतालमा भर्ना गरिएको छ।
सर्लाहीमा बस र भारतीय ट्रक ठोक्किँदा दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीका दर्शक कुँवर, रामकरण केबट र हरिबहादुर चौधरी रहेका छन् । घाइतेलाई प्रहरीले उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल लगिरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिए । घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।

some focous keyphrase to understand the news
- बस र भारतीय ट्रक ठोक्किँदा
- ४ जनाको मृत्यु
- पूर्व पश्चिम राजमार्ग
- पार्किङ गरी राखेको ट्रक
- पछाडिबाट ठक्कर
- सामान्य क्षतिगम्भीर मानवीय क्षति
- घाइते अस्पतालमा भर्ना
- नेपाल प्रहरी र सशस्त्र प्रहरी
- दुर्घटनाको विस्तृत विवरण


